बुधबार नेप्से ५.२८ अंकले बढ्यो

बुधबार नेप्से ५.२८ अंकले बढ्यो


काठमाण्डु – सेयर बजार नेप्से परिसूचक बुधबार ५.२८ अंकले उकालो लागेको छ । आज नेप्से ५.२८ अंकले उकालो लागेर २ हजार ६३३.७५ अंकमा कायम भएको छ । आज २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ ।

समूहगत उपसूचकतर्फ होटल तथा पर्यटन, नीर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह र जीवन बीमा समूहको सेयर कारोबार आरालो लागेको छ । यसैगरी बैंकिङ समूह, व्यपार समूह, विकास बैंक समूह, वित्तीय समूह, उत्पादन तथ प्रसोधन समूह, अन्य समूह, सामूहिक लगानीकोष समूह र उत्पादन समूहको सेयर कारोबारमा भने सामान्य अंकले बढेको छ । आज पनि सालिङ्ग जलविद्युत कम्पनी र न्याग्दी जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।