काठमाण्डु – सेयर बजार नेप्से परिसूचक आज ७२ अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन नेप्से उक्त अंकले ओरालो लागेको हो । आज ७२ अंकले ओरालो लागेपछि नेप्से २५ सय १३ अंकमा कायम भएको छ । समग्र बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये सबै समूह घटेका छन् ।
जीवन बीमा कम्पनी समूहमा ३०२ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा कम्पनी समूहमा २५१ अंकको गिरावट आएको छ । यस्तै, आज विकास बैंक समूहमा २०३ अंकको गिरावट आउँदा लघुवित्त समूहमा १३१ अंकको गिरावट आएको छ ।
आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् ।
प्रतिक्रिया