आइतबार शेयर बजारमा हरियाली – नेप्से ६० अङ्कभन्दा धेरैले बढ्यो

आइतबार शेयर बजारमा हरियाली – नेप्से ६० अङ्कभन्दा धेरैले बढ्यो


काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले उकालो छ । नेप्से आज आइतवार ६० दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ८४ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर ओरालो लागेको छ । आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले ओरालो लाग्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले उकालो लागेको छ ।

यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले उकालो लागेको छ ।

आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।