काठमाण्डु- सेयर बजार नेप्से परिसूचक बिहीबार ओरालो अंकले लागेको छ । आज नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागेर २८७६.७५ बिन्दुमा झरेको हो ।
आज कुल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर मूल्य ओरालो लागेको छ । बाँकी २ वटा समूहको मात्र सेयर मूल्य उकालो लागेको छ । यस्तै, बुद्धभूमि हाइड्रोपावर, शाहस ऊर्जा, अरुण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी लगायत कम्पनीको सेयर मूल्य उकालो लागेको छ ।
प्रतिक्रिया