व्यवसायी दीपक भट्ट निकट लुइटेल बने नेप्सेको सीईयो

व्यवसायी दीपक भट्ट निकट लुइटेल बने नेप्सेको सीईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एन्सचेन्ज(नेप्से) को प्रमुख(सीईओ) मा नारद लुंइटेल नियुक्त भएका छन् । सोमबार सांझ बसेको मन्त्रिपरिषद् बैठकले लुंइटेललाई नियुक्त गरेको हो ।

नेप्सेको सीईओको लागि १० जनाको आवेदन परेको थियो । जसमध्ये ६ जनाको नाम सर्ट लिष्टमा परेको थियो । सर्ट लिष्टमा पर्नेमा पूर्णप्रसाद आचार्य,बद्रीप्रसाद प्याकुरेल,हेमन्त बस्याद र चुडामणी चापागाई थिए ।

सरकारले नेप्सेको सीईयो नियुक्त गरेको लुइटेल पर्यटन क्षेत्रमा सक्रिय थिए । यनि उनी यसअघि तारागाउं विकास समितिको सदस्य सचिव बन्नुको साथै पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान (नाथम) को कार्यकारी निर्देशक समेत थिए । पूजीबजारको क्षेत्रको बारेमा जानकारी भएका र बैंकिंग क्षेत्रमा लामो समय काम गरेकाहरु सर्ट लिष्टमा परेपनि अन्तितमा सरकारले पर्यटन क्षेत्रका लुइटेललाई नेप्सेको जिम्मा लगाएको हो ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनलाई बनाउन व्यवसायी दीपक भट्टको प्रमुख भुमिका छ । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवासंग सुमधुर सम्बन्ध भएका भट्टकै पहलमा उनलाई नेप्सेको सीईयो बनाइएको अर्थ स्रोतको दावी छ ।

भट्टकै सिफारिस सरकारले यसअघि सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाएको थियो । गर्भनर नियुक्तिमा समेत उनले ज्ञानेन्द्र ढुंगाना वा निलम ढुंगानालाई बनाउन खोजेको चर्चा छ ।