काठमाण्डु- सेयर बजार नेप्से परिसूचक १०१ अंकले उकालो लागेको छ । नेप्से आज १०१ अंकले उकालो लागेर २६ सय ६७ अंकमा कायम भएको हो । आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ ।
जसमध्ये जिवन बीमा समूहमा ९२२ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूहमा ५६७ अंकको सुधार आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अंकको सुधार आउँदा विकास बैंक समूह २१० अंकले बढेको छ ।
यस्तै, लघुवित्त समूह १६३ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १५८ अंकले बढेको छ । आज ४ अर्ब ८७ करोड बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया