काठमाण्डु – सेयर बजार नेप्से परिसूचक मंगलबार १.६४ अंकले ओरालो लागेको छ । आज नेप्से २ हजार ६२८ दशमलव ३७ अंकमा कायम भएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१८ अंक अर्थात् ०.०५४ प्रतिशतले उकालो लागेको छ ।
आज २ सय २५ कम्पनीका सेयर ४१ हजार ५ सय ८५ पटक कारोबार भएको छ । आज ३ अर्ब ८९ करोड ४१ लाख ९ हजार ९ सय ९१ बराबरको कारोबार हँदा ६४ लाख ४७ हजार ४ सय ४९ सेयर कारोबार भएको छ ।
प्रतिक्रिया