काठमाण्डु– सेयर बजारले ओरालो यात्रा मंगलबार पनि कायम राखेको छ ।
आज नेप्से १३ अंकले घट्यो । ०.४ प्रतिशतले घटेर नेप्से परिसुचक २६३२ अंकमा रोकिएको छ ।
आज १ करोड ९० लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम घटेर ७ अर्ब २५ करोड कायम भएको छ ।
आज २०५ कम्पनि घटेका छन् भने १०२ कम्पनिको सेयर बढेको छ । एउटा कम्पनिमा भने सकारात्मक सर्किट लागेको छ ।
मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया