नेता भट्टराइले भने : ‘काँग्रेस संसद छाडेर बाहिर जान चाहन्छ भने ढोका खुला छ’

नेता भट्टराइले भने : ‘काँग्रेस संसद छाडेर बाहिर जान चाहन्छ भने ढोका खुला छ’


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले काँग्रेसलाई संसद छाडेर बाहिर जान मन भए गए हुने जवाफ दिएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले सत्ता बाहिर भएकाले काँग्रेस छट्पटाएको उल्लेख गेदै संसद छाड्ने घुर्की लगाएको बताएका हुन् ।

उनले संसद छाड्न मन लागे ढोका खुला रहेको भन्दै घुर्की नदेखाउन चेतावनी समेत दिए । बिहीबार संसद बैठकमा काँग्रेस नेता मीनेन्द्र रिजालले कम्युनिष्ट सरकारले प्रतिपक्षलाई अपमान गरेको भन्दै संसद छाडेर जान सक्ने बताएका थिए । भट्टराईले नेता रिजालप्रति कटाक्ष गर्दै यस्तो चेतावनी दिएका थिए । र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।

भट्टराईले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाए । उनले भने, ‘हामीले बिर्सिएका छैनौं, विगतमा कांग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो ।

अब कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए ।’कांग्रेसले अहिले सरकारका हरेक क्रियाकलापमा अधिनायकवाद देख्न थालेको भन्दै भट्टराईले विगतमा कांग्रेसले कतिपटक अधिनायकवाद देखायो भन्ने हिसाबकिताब आफूहरुसँग रहेको बताए ।