नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो । यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ ।

सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ । डोजर लगाउने क्रममा केहि घरधनीहरुले विरोध गरेका थिए । भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ ।