नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति : केपी ओली प्रधानमन्त्री बन्ने

नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति : केपी ओली प्रधानमन्त्री बन्ने


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त सरकार बनाउने सहमति भएको छ । दुवै दलबीच नयां सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने सहमति भएको स्रोतले जानकारी दियो ।

दुवै दलको गठबन्धन बनाउन कांग्रेसबाट नेता ज्ञानेन्द्र कार्की र रमेश लेखक र एमालेबाट शंकर पोखरेल र रमेश बडाल सक्रिय थिए ।

कांग्रेस र एमालेबीच संविधान संशोधन र आर्थिक सुधार गर्ने सहमति समेत भएको छ । सहमतिमा प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रालय एमालेले राख्ने सहमति भएको एमालेका एक नेताले बताए । दुवै दलबीच लिखित सम्झौता गर्ने तयारी छ ।

देशलाई स्थायित्व दिन प्रमुख दुई दलबीच समझदारी हुन लागेको बताइएको छ । यससंगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच आइतबार सांझ एक व्यापारीको घरमा तीन घण्टा लामो छलफल भएको थियो ।