काठमाण्डु- सरकारले सोमबार नयाँ गर्भनर नियुक्त गर्ने भएको छ । यसअघि गर्भनर बन्न दौडमा रहेका चार जनाबाट नाम साँघुरिदै दुई जनामा सिमित भएको छ ।
नयाँ गर्भनर बन्न लाइनमा रहेका ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, निलम ढंगाना र प्रकाश श्रेष्ठको चर्चा भएपनि दौड भने छोटिएको छ ।
नयाँ गर्भनरका लागि पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि मिसिएका छन् । उनी गभर्नर बन्ने सम्भावना बढेको छ । यदि उनको नाम गर्भनरमा सिफारिश नभए राजेन्द्र पाण्डे बन्ने छ ।
क्षेत्रीलाई गर्भनर बनाउन स्वार्थ समूहहरू लागेको बताइएको छ । स्वार्थ समूहहरूले प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गभर्नरको नाममा सहमत गराइसकेकोको स्रोतको दाबी छ ।
अब नयाँ गर्भरनको दौडमा पाण्डे र क्षेत्रीबीच तीव्र प्रतिस्पर्धा हुनेछ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नयां गभर्नरको टुंगो लगाउने सम्भावना छ ।
गर्भनर चयन गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेको समितिले नयाँ गर्भनरको नाम सिफारिश गर्नेछ ।
समितिले पाण्डे र क्षेत्रीसहित ढुंगानाको नाम पनि सिफारिश गर्ने जनाइएको छ ।
प्रतिक्रिया