दशैंका लागि आजदेखि नयाँ नोट वितरण हुँदै

दशैंका लागि आजदेखि नयाँ नोट वितरण हुँदै


काठमाण्डु-दशैंका लागि आजदेखि नयाँ नोटको वितरण गरिदैछ ।

नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म नयाँ नोट वितरण गर्नेछ ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ ।

आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ ।

प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

सामान्यतया एकपटक प्रयोग भएर आएको नोट सटही गर्ने व्यवस्था यसपटक गरिन थालिएको छ । दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो । गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।

राष्ट्र बैंकले २०७९ सालमा झन्डै २२ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको थियो । अघिल्लो वर्ष भने यसका लागि झन्डै १३ अर्ब रुपैयाँ छुट्टाएको थियो । तुलनात्मक रुपमा कम रकम छुट्टाउँदा अघिल्लो वर्ष बजारमा नयाँ नोटको अभावको अवस्था समेत देखिएको थियो ।