सबैभन्दा पहिले न्यूजिल्यान्डमा मनाइयो नयाँ वर्षको खुसी

सबैभन्दा पहिले न्यूजिल्यान्डमा मनाइयो नयाँ वर्षको खुसी


वेलिङटन – न्यूजिल्यान्ड र अस्ट्रेलियामा सबै भन्दा पहिले नयाँ वर्षको खुसी मनाइएको छ । यी दुई मुलुकका मानिसहरु ठूलो उत्सुकताका साथ यसको पर्खाइमा थिए ।

घडीको सुइ १२ नाघेपछि अकल्यान्डको स्काई टावर रंगीन आतिसबाजीले उज्यालो भएको थियो । सिड्नी हार्बरमा पनि यस्तै दृश्य देखिएको थियो ।

ब्रजिलमा पनि मानिसले खुला मनले नयाँ वर्षको स्वागत गरेका छन् । साझदेखिनै मानिस रियो द जेनेरियाको कोपाकबाना बीचमा जम्मा भएर आतिशबाजीका साथ २०२० को बिहानी भएको थियो । अमेरिकामा पनि मानिसले नयाँ वर्ष कुरेका थिए ।

न्यूयोर्कको टाइम स्क्वायरमा आधा रातमा मानिसले नयाँ वर्षको खुसी मनाएका छन् । उत्तर कोरियाका किम इल सुङ स्क्वायरमा म्यूजिकल शोको माध्यमबाट मानिसले नयाँ वर्ष मनाएका थिए ।

रुस पनि नयाँ वर्षको स्वागत गर्ने मामिलामा पछि परेन । याहाँ सेन्ट पीटर्सबर्गमा आतिरबाजीकाबीच मानिसले एक अर्कालाई २०२० को बधाइ दिएका छन् ।

इजिप्टमा मानिसले नयाँ वर्षको स्वागतका लागि आतिसबाजीलाई आफ्नो मोबाइलमा कैद गरेका थिए । यसैगरी लन्डनमा पनि नयाँ वर्षलाई स्वागत गरिएको छ ।