प्रधानमन्त्रीले सुवास नेम्वाङलाई भने – म ठिक ठाक छु,विद्येयकको अवस्था के छ ? 

प्रधानमन्त्रीले सुवास नेम्वाङलाई भने – म ठिक ठाक छु,विद्येयकको अवस्था के छ ? 


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिने र शुक्रबार स्वदेश फर्किने जानकारी दिएको नेता नेम्वाङले बताए । 

प्रधानमन्त्री ओलीले नेम्वाङसंग टेलिफोनमा आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन समेत आग्रह गरेका थिए । 

प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन प्रधानमन्त्रीको सिंगापुरमा उपचार भइरहेको छ । उनि भदौ ५ मा सिंगापुर पुगेका थिए ।  प्रधानमन्त्री ओलीले फोन गरेर संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिएका थिए । 

‘मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ । उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ ।’ नेम्वाङले भने 

प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलिमिलाप विधेयकको बारेमा बढी चांसो राखेको नेम्वाङले बताए ।