न्युजिल्याण्डसँग भारत ४६ रनमै अलआउट

न्युजिल्याण्डसँग भारत ४६ रनमै अलआउट


काठमाण्डु – भारत टेष्ट क्रिकेटमा न्युजिल्याण्डसँग ४६ रनमै अलआउट भएको छ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारत ४६ रनमै अलआउट भएको हो ।

वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरी सुरु भएको यस टेस्टमा भारतका दुई ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोडे । यजश्वी जयशवालले १३ र ऋषव पन्तले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका ५ ब्याट्सम्यान शुन्य रनमा आउट भए । विराट कोहली, शर्फराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्वीन शुन्य रनमा आउट भएक हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतको ब्याटिङ लाइन ध्वश्त बनाउन न्युजिल्याण्डका न्यूजील्याण्डका विलियम पिटरले ४ विकेट लिए भने म्याट हेनरीले ५ तथा टिम साउथीले एक विकेट लिए ।