राष्ट्रपतिलार्इ भेटे फिनल्याण्डका राजदूतले

राष्ट्रपतिलार्इ भेटे फिनल्याण्डका राजदूतले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत जोर्मा सुभान्तोले बिदाइ भेटवार्ता गरेका छन्।

उनीहरूबीच शुक्रबार राष्ट्रपति भवन, शीतलनिवासमा भेट भएकाे हाे। भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए। उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो।