गृहमन्त्री बादलको अभियानमा सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

गृहमन्त्री बादलको अभियानमा सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू विगत एक वर्षदेखि पप्पु कन्सट्रक्शनमा संलग्नन नरहेको दाबी गरेका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा सांसद रौनियराले आफू सम्पूर्ण व्यवसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएको बताए। उनले अहिले पनि पप्पु कन्स्ट्रक्सन प्रालिसँग जोडेर पटक–पटक आफ्नो जोडेकोमा आपत्ति जनाए।

‘म त विगत एक वर्षदेखि यो प्रालीमा छैन, म त अब पूर्णकालिन राजनीतिमा होमिएको छु, आफ्नो ३५ वर्षे व्यवसायिक अनुभवलाई अब राजनीतिको माध्यमबाट देशको सेवा गर्न आएको छु, अहिले विभिन्न पेशा तथा व्यवसायमा लामो समयसम्म अनुभव हाँसिल गरेका साथीहरु पनि सांसद बन्नुभएको छ, म पनि अब राष्ट्र सेवाकै लागि आएको हुँ ,’ उनले भने।

रौनियारले पेशा तथा व्यवसाय गरेर राजनीतिमा आउनु पाप हो त? भन्दै उल्टै प्रश्न समेत गरे। उनले दिनहुँ जसो सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै दोषि देखाउने काम गरेकोमा पनि आपत्ति जनाए।

गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नगर्ने ठेकेदारको सूची जिल्ला प्रशासन कार्यालयमार्फत् मगाएका थिए।  गृहमन्त्री थापा काम नगर्ने ठेकेदारलार्इ कारबाहीमा ल्याएरै छाेड्ने बताइरहेका बेला सत्तारूढ दलका सांसदकाे यस्ताे भनाइ अाएकाे हाे।

तर, रौनियार निर्माण व्यवसायीहरुको मात्रै दोष नरहेको तर्क गर्छन। उनले भने, ‘निर्माण व्यवसायीको मात्र दोष छ? सरकारको दोष छैन त? अहिले देशमा कुल १२ सय वटा पुलहरु निर्माणाधिन अवस्थामा छन्, तीनको लागत १२ खर्ब लाग्छ, सरकारले त्यसको २० प्रतिशत पनि पेमेन्ट दिन सकेको छैन, तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायीहरुलाई मात्रै दोष देखाउने काम गर्यो, सत्य तथ्य बुझ्नु पर्यो ।’