स्व. गायक अरुण थापाको स्मृति : खानेपानी मन्त्रीद्वारा वरिष्ठ गायिका घर्तीमगरलाई सम्मान

स्व. गायक अरुण थापाको स्मृति : खानेपानी मन्त्रीद्वारा वरिष्ठ गायिका घर्तीमगरलाई सम्मान


काठमाडौं-नेपाली सुगम संगीतका गायक स्व अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना गरी विशेष कार्यक्रम सम्पन्न गरियो । नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व। थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व। थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गर्नुभएको थियो । गायिका घर्ती मगरले करिब ५ सयजति लोक तथा आधुनिक गीतहरु गाएको कार्यक्रममा जानकारी गराइएको थियो ।

खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो चर्चित तथा लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताइन्। उनले आफूपनि गायक अरुण थापाको गीतको ठूलो प्रशंसक भएको स्पष्ट पारिन्।।

स्व गायक अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व। थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् ।
वि।सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको असामयिक निधन भएको थियो ।