काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न आह्वान गरेका छन्।
‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चारमाध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराए ।
संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउन पनि सञ्चार क्षेत्रले उल्लेखनीय योगदान पु¥याउनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका सञ्चार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंशा गरे ।
प्रतिक्रिया