भारतकाे गाेवामा तेक्वाण्डो ब्लाकबेल्ट सेमिनार

भारतकाे गाेवामा तेक्वाण्डो ब्लाकबेल्ट सेमिनार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं— भारतकाे गोवास्थित पण्जिमा  दुई दिने अल इन्डिया तेक्वाण्डो ०७ ब्लाकबेल्टसेमिनार सुरु भएको छ। अल इन्डिया तेक्वान्दो मुख्य काेच  प्रकाश जैगडीको अध्यक्षता गोवा राज्यका उपमुख्यमन्त्री बाबु कौंडेकरको प्रमुख अतिथिमा सिमिनार सुरु भएको हाे।

गोवा राज्यका उपमुख्यमन्त्री कौंडेकरले गोवा सरकार सधै तेक्वान्दो खेलाडीको साथ रहेको बताए। साथै उनले आगामी डिसेम्बर २५ देखि डिसेम्बर ३० सम्म हुनगैरहेको अल इन्डिया तेक्वाण्डो खुल्ला प्रतियोगितालाई गोवा सरकारले पुर्ण रुपमा साथ र सयोग गर्ने प्रतिबद्धता जाहेर गरे।

उक्त कार्यक्रममा समाजवादी पार्टी नेपालका नेता लोकेन्द्र सेर्पाली, हिन्दी पत्रिका नितत्य समय राष्ट्रिय दैनिक गोवा साख प्रमुख आमोस क्षेत्री प्रभाकर ढकेरीलाई बुकेले सम्मान गरिएको थियो । उक्त तेक्वान्दो सेमिनार कार्यक्रमलाई प्रशिक्षण तेक्वान्दो ग्राड मास्टर साउथ एसिया मुख्य कोच डाक्टर राजेन्द्र बलान दिएका थिए।

आगामी डिसेम्बर २५ र देखि डिसेम्बर ३०र सम्म हुनगैरहेको अल इन्डिया तेक्वाण्डो खुल्ला प्रतियोगितालाई मध्यनजर गरी उक्त सेमिनारको आयोजना गरिएको जानकारी अल इन्डिया तेक्वाण्डो हेड कोच प्रकाश जैगडीले दिए।