कांग्रेस पूर्वसांसद मल्लसहित तीन सहकारीकर्मी नेकपामा प्रवेश, अाेली र प्रचण्डले गरे स्वागत

कांग्रेस पूर्वसांसद मल्लसहित तीन सहकारीकर्मी नेकपामा प्रवेश, अाेली र प्रचण्डले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी पूर्वसांसद ओमदेवी मल्ल ढकाल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन्।

उनलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्काे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा स्वागत गरेका हुन्।

राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्षसमेत रहेकी मल्ल संविधानसभामा कांग्रेसको तर्फबाट सभासद भएकी थिइन्। उनले एसपी केदार ढकालसँग दोस्रो विवाह गरेकी थिइन्,

उनीसँगै सहकारीकर्मी विजयसुन्दर खड्का र रीता बराल नेकपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, केशव वडाललगायतको उपस्थिति थियो।