आदिवासी पत्रकारिता पुरस्कार उजिर, भैरव, छेटु र विमलालाई

आदिवासी पत्रकारिता पुरस्कार उजिर, भैरव, छेटु र विमलालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ।

फोनिजका महासचिव मनोज घर्तीमगरले पुरस्कार छनौट समिति सिफारिशमा आज बसेको फोनिजको बैठकले चार जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार उक्त पत्रकारिता पुरस्कारबाट यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा प्रदान गरिने भएको छ ।

जनही ४० हजार राशिको उक्त पुरस्कार फोनिज स्थापना दिवसको अवसरमा आगामी साउन २७ गर्ने प्रदान गरिनेछ ।