रक्सी खाएर बजारमा हल्ला गर्दै हिँड्ने यातायातका हाकिमसहित चार जना प्रहरी फन्दामा

रक्सी खाएर बजारमा हल्ला गर्दै हिँड्ने यातायातका हाकिमसहित चार जना प्रहरी फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम–अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले पक्राउ  गरेको छ ।

बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई बसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ।

ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताए। उनका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।