नयाँ शक्ति प्रवास शाखाको महासचिवमा दाङका शेर्पाइली

नयाँ शक्ति प्रवास शाखाको महासचिवमा दाङका शेर्पाइली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नयाँशक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज भारतको महासचिवमा दाङका लोकेन्द्र शेर्पाइली पुनः निर्वाचित भएका छन्। अगष्ट ११ र १२ मा महाराष्ट्र राज्यको नासिकमा भएको प्रथम राष्ट्रिय भेलाले सेर्पालीलाई पुनः महासचिवमा निर्वाचित गरेको हो।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको माओवादी आन्दोलनबाट राजनीति शुरु गरेका सेर्पाली तत्कालीन एमाओवादीबाट अलग हुनु अगाडि पार्टीको थारुवान राज्य समिति सदस्य थिए ।

पार्टीमा पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको दुई लाईन संघर्ष चरम उत्कर्समा पुगेको बेला उनी भट्टराई लाइनमा थिए। बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेको केही दिनमा उनले पनि माओवादी पार्टी परित्याग गरेका थिए ।

वैकल्पिक पार्टी निर्माण गर्ने उद्देश्य सहित नयाँशक्ति पार्टी निर्माण अभियानमा लागेका सेर्पाइली हाल नयाँशक्ति पार्टीको संघीय परिषद सदस्यको जिम्मेवारीमा पनि छन् ।

नयाँशक्ति पार्टी अन्तर्गत अन्तरास्ट्रिय नेपाली समाजको भारतमा संगठन विस्तारमा अहम् भुमिका खेलेका शेर्पाइली उतिबेलै भारतको गोवा प्रदेशको संस्थापक संयोजक र इन्चार्जको जिम्मेवारी सम्हालिसकेका थिए । भद्र स्वभावका शेर्पाइली संगठन भित्र राजनीति वैचारिक कुटनीतिक तथा परिपक्व व्यक्तिका रुपमा चिनिन्छन ।

गत जुन २८ मा बसेको अन्तर्राष्ट्रिय नेपाली समाज भारतको बिस्तारि बैठकले शेर्पाइलीलाई उनको पार्टीले महासचिवमा चयन गरेको थियोे । अहिले यही अगष्ट एघार बाह्रको राष्ट्रिय भेलाले सेर्पालीलाइ पुन माहासचिवमा निर्वाचित गरेको हो।

काठमाडौंपाटीलाइ जानकारी दिदै उनले नेपालको परिवर्तनमा प्रवासी नेपालीहरुको भुमिका महत्वपूर्ण रहिआएको भन्दै आगामी दिनमापनि परिवर्तनको लागि प्रवासी नेपालीहरुको ठूलो संघर्ष त्याग रहने बताए।