काठमाडौं– सरकारले इन्टरनेटको माध्यमाबाट हुने यौनजन्य अश्लिल सामाग्री राख्ने साइटलाई बन्द गर्न र त्यस्ता साइट नहेर्न निर्देशन दिएकाे छ।
इन्टरनेटको सहज पहुचका कारण यौन जन्य साइटहरुका कारण मुलुकमा यौनजन्य हिंसा बढेको भन्दै दुरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरुलाई त्यस्ता साइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हाे।
निर्देशन पालना नगरे अनुमतिपत्र रद्दका साथै कानूनअनुसार कारवाही हुने प्राधिकरणले जनाएको छ । निर्देशनको पालना नगरेको पाइएमा दुरसंचार ऐन २०५३ बमोजिम जरीवानाको साथै अनुमति पत्र रद्ध हुने सम्मको कारवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।
अब यौनजन्य सामाग्री साइट हेर्ने व्यक्ति र उपलब्ध गराउने सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउन सक्नेछ।
मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै यस्तो निर्देशन दिइएकाे बताइएकाे छ।
प्रतिक्रिया