विद्यार्थीको कान फुटाउने प्रधानाध्यापक प्रहरी हिरासतमा

विद्यार्थीको कान फुटाउने प्रधानाध्यापक प्रहरी हिरासतमा


चितवन– विद्यार्थीलार्इ कुटेर कान फाेड्ने  चितवनकाे नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

 २ असाेजमा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै कान फुटाइदिएका विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलार्इ प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

नवलपुर प्रहरीको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले पक्राउ परेका श्रेष्ठको ८ दिनको म्याद थप गरिएको जानकारी दिए । कुटपिट एवं अंगभंग गर्ने महलमा उनीविरुद्ध मुद्दा चलाइएको छ ।

पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएका थिए । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति भएको छ ।

घरबाट झण्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीले प्रअ श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर कुटेका थिए ।