स्थानीय तहमा ७ हजार कर्मचारी अपुग

स्थानीय तहमा ७ हजार कर्मचारी अपुग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन्।

स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी शाखा प्रमुख प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।

उनका अनुसार २ सय २० उपसचिव, ५ सय २६ शाखा अधिकृत र ६ हजार २ सय  नायब सुब्बा तहका कर्मचारी सात सय ५३ स्थानीय तहमा अपुग भएका छन्। दुई सय २० उपसचिव नहुँदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखका भरमा सञ्चालन भएको बताइएको छ।

मन्त्रालयले अन्य मन्त्रालयबाट अपुग कर्मचारी माग गरे पनि नपठाइएपछि स्थानीय तहमा कर्मचारी पठाउन नसकेको हो। ‘हामीले विभिन्न मन्त्रालयबाट आएका कर्मचारीलाई दैनिकजसो पठाउने गरेका छौँ,” उपसचिव लुइँटेलले भने,  ‘तर पनि ठूलो मात्रामा कर्मचारी अभाव रहेको छ ।” करीब ५७ हजार कर्मचारी पठाउन सरकारले निर्णय गरेको थियो।

उनले लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट २५० र बढुवाबाट ८१ शाखा अधिकृत कर्मचारी आउने तयारी भइरहेकोसमेत जानकारी दिए। मन्त्रालयले यही आर्थिक वर्षभित्र सबै कर्मचारी पठाउने तयारी गरेको उनले बताए।रासस