शिक्षामन्त्री पाेखरेल अस्ट्रिया प्रस्थान

शिक्षामन्त्री पाेखरेल अस्ट्रिया प्रस्थान


काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज आणविक सम्मेलनमा भाग अस्ट्रिया प्रस्थान गरेका छन्।

अस्ट्रियाको भियानामा  हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आइएइए)को मन्त्रिस्तरीय ‘आणविक विज्ञान तथा प्रविधि : वर्तमान र हालको विकास चुनौतीलाई सम्बोधन’ सम्मेलनमा भाग लिन जानुभएको उनका निजी सचिव पुष्पराज ढकालले जानकारी दिए ।

सम्मेलनमा मन्त्री पोखरेलले सरकारले बनाएको पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको र सङ्घीय संसद्बाट पारित भएको पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता–२०१७ को समेत जानकारी गराउने कार्यक्रम रहेको निजी सचिव ढकालले बताए।