रोग नियन्त्रण महाशाखाको टोली झाडापखाला प्रभावित क्षेत्रमा

रोग नियन्त्रण महाशाखाको टोली झाडापखाला प्रभावित क्षेत्रमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली सोमबार स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु गरेको छ। त्यसमा हैजाको जीवाणु छ कि छैन भन्ने काठमाडौँ पुगेर परीक्षण गरेपछि मात्र थाहा हुने उनले बताए।

पौडेलले दाङ खुला दिसामुक्त क्षेत्र घोषणा भए पनि खानेपानी वरपर बस्ती भएकाले दिसाको जीवाणु पानीमा मिसिएको हुँदा झाडापखाला लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको बताए। पातेटाकुरामा महामारीका रुपमा फैलिएको झाडापखाला पछिल्लो समयमा नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए।