निर्देशक तथा नायिकाले थाले यौन दुर्व्यवहारविरुद्ध अभियान

निर्देशक तथा नायिकाले थाले यौन दुर्व्यवहारविरुद्ध अभियान


काठमाडौं– कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न तीन सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन्।

 

 

 

टाइमज अप अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिवूड अभिनेत्री आबद्ध छन्।

 

 

 

अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनसहित कैयौँ चर्चित व्यक्तिमाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेको छ।

 

 

 

अभियान यौन दुर्व्यवहारको आरोपका कारण मनोरञ्जन उद्योगमा कार्यरत चर्चित र प्रभावशाली पुरुषहरूमाथि अघिल्लो वर्ष गम्भीर प्रश्नहरू उठेपछि वा उनीहरूको चलचित्र उद्योगमा भविष्य समाप्त हुनथालेपछि गठन भएको थियो।

 

 

 

 

चलचित्र निर्देशक वाइनस्टिनबाहेक पनि व्यवसाय, राजनीति र सञ्चारमाध्यममा कार्यरत कैयौँ प्रभावशाली व्यक्तिहरू यौन दुर्व्यवहारका कारण विवादमा मुछिएका छन्।

 

 

यो अभियानले कम आम्दानी हुने क्षेत्रहरु जस्तै कृषि, सरसफाइ क्षेत्रका मजदुर र होटलमा कार्यरत महिलाहरुलाई सघाउने लक्ष्य लिएको छ।