‘चुनाव सार्ने षडयन्त्र’ को सूचना बाहिरिएपछि माओवादीका मन्त्रीको राजीनामा रोकियो, अब के गर्ला माओवादीले?

‘चुनाव सार्ने षडयन्त्र’ को सूचना बाहिरिएपछि माओवादीका मन्त्रीको राजीनामा रोकियो, अब के गर्ला माओवादीले?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) तत्कालन सरकारबाट नबाहिरिने भएको छ।

 

यसअघि माओवादी केन्द्रका माओवादीले मंगलबार २ बजे सामुहिक राजीनामा दिने कार्यक्रम तय भएकोमा सत्तारुढ दलबाट ‘चुनाव सार्ने षड्यन्त्र’ भएको सूचना बाहिरिएपछि राजीनामा रोकिएको माओवादी स्रोतले जनाएको छ।

 

‘हामी सरकारबाट बाहिरिएमा चुनाव सर्ने सक्ने सम्भावना रह्यो, त्यही अनुसार रणनीति बनेको रहेछ,’ एक नेताले भने, ‘त्यही भएर राजीनामा कार्यक्रम रोकिएको छ।

 

 

यद्यपी, माओवादी पार्टीले निर्णय गरेमा कुनै पनि समयमा राजीनामा दिने माओवादीका मन्त्रीहरुले बताएका छन्।

 

 

माओवादी केन्द्रका नेता उपप्रधान एवं पराष्ट्रमन्त्री कृष्णबहादुर महराले पत्रकार सम्मेलन गर्दै भने, ‘पार्टीले निर्णय गरेमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं। यद्यपी, सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन।

 

केही दिन अघि मात्र राप्रपालाई सरकारमा भित्र्याएका प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने षडयन्त्रमा लागेको माओवादीको ठहर छ।