चार वर्षपछि बल्ल ए डिभिजन लिग, थ्री स्टारले पाउने भयो क्षतिपूर्ति

चार वर्षपछि बल्ल ए डिभिजन लिग, थ्री स्टारले पाउने भयो क्षतिपूर्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपालमा चार वर्षपछि बल्ल ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठकले ए डिभिजन लिग मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको हो। नेपालमा ए डिभिजन लिग २०७० मा भएपनि त्यसयता हुन सकेको थिएन।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने प्रारम्भिक निर्णय गरेको छ।

 

थ्रीस्टार प्रकरणबारे थप अध्ययनका लागि बैठकले एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुवँरको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ। एन्फाका कारण थ्री स्टारले एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्न नपाएको आरोप लाग्दै आएको छ।