काठमाडौं – एनआईसी एशिया बैंकले शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरुको बचत खाता ‘चमत्कारीक बचत खाता’ संचालनमा ल्याएको छ।
यस बचत खाताका विशेषताहरुमा ७ % वार्षिक ब्याजदर, न्युनतम मौज्दात १०००, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, शुन्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार प्राप्त गर्न सकिने रहेका छन्।
बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन्।
यस्तै, न्युनतम वार्षिक औसत मौज्दात दुर्इ लाख भएमा २५ ग्राम चाँदीको सिक्का, औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का तथा औसत वार्षिक मौज्दात ३० लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया