एनआईसी बैंक र सामुदायिक विद्युत महासंघबीच सम्झौता

एनआईसी बैंक र सामुदायिक विद्युत महासंघबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि सम्झौता भएको छ। आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका तर्फवाट अध्यक्ष नारायण ज्ञवाली तथा बैंकको तर्फवाट सीइओे रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम एनआइसी एसिया बैंकले आफ्ना देशभरका २६४ शाखा र २० काउन्टर मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैंकिग स्रोत उपलब्ध गराउने छ। यस्तै उद्यमशीलता विकास गर्ने, निम्न आय भएका र सीमान्तकृत समुदायमा लगानी गर्ने एवं साना तथा मध्यम व्यवसायमा बैंकले लगानी गर्ने छ।

समुदायको बैंकिङ शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्ने र निम्न आय भएका समुदायको जीवनस्तर उठाउन सहयोग पुग्ने विश्वास गरिएको छ। सम्झौतावाट ग्रामीण विद्युतीकरणको विकास, रोजगार तथा उद्यमशीलताको तिव्र रुपमा विकास हुने महासंघका अध्यक्ष ज्ञवालीले बताए।

आगामी तीन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु(याउने र पाँच वर्ष भित्रमा चाहेजति विद्युत उपलव्ध गराउने नीति छ। सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासबाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउन संभव हुने महासंघको ठहर छ।

नेपाल सरकारले जनसहभागितामा सामुदायिक विद्युतीकरण कार्यक्रम शुरु गरेपछि देशभरका ५२ जिल्लामा २ सय ८२ सामुदायिक संस्थामार्फत झण्डै ५ लाख घर परिवारमा विद्युतको विस्तार भएको छ।