एनआईसी बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

एनआईसी बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा


काठमाडौं – एनआईसी एशिया बैंकले तेह्थुम जिल्लाको म्याङलुङमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ। म्याङलुङ नगरपालिका वडा नं १ स्थित शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफले आइतबार उद्घाटन गरे।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ।