किन रोके २८ बैकले एनआइसी एसियासँग कारोवार, यस्तो छ कारण ?

किन रोके २८ बैकले एनआइसी एसियासँग कारोवार, यस्तो छ कारण ?


काठमाडौँ – एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि बैंकले कारोबार नगर्ने निर्णय गरेका छन । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले व्याजदर नबढाउन गरेको प्रतिवद्धता तोडेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एशिया बैंकसँग तत्कालका लागि कुनै पनि कारोबार नगर्ने निर्णय गरेको हो ।

एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघले यस्तो ‘एक्सन’ लिएको हो । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ ।

तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो । त्यसैअनुसार, सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो । एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल विदामा बसेका छन् ।

उनले बैंकर्स संघमा गरेको प्रतिवद्धता विपरीत बोर्डको निर्णय आएपछि नैतिकताको कारण देखाउँदै राजीनामा दिएको दावी बैंकर्स संघको दावी छ । ‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने,’बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’

एनआईसी एसिया बैंकका असिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले आफूहरुले बीचमा ब्याजदर नघटाएको दावी गरे । बैंकर्स संघले ब्याजदरबारे नियमन गर्न नमिल्ने भन्दै उनले राष्ट्र बैंकको नियमभित्रै रहे ब्याजदर वृद्धिको निर्णय भएको उनले बताए । उनले तरलता अभाव कम गर्न १० प्रतिशत ब्याजदर दिनुपरेको स्पष्ट गर्दै पाण्डेले जनताले पाउने ब्यादर मुद्दती खातामा १ प्रतिशत बढाइएको बताए ।