एनआईसी एशिया क्यापिटल तेश्रो वर्षमा प्रवेश,सेवामाविशेष छुट योजना

एनआईसी एशिया क्यापिटल तेश्रो वर्षमा प्रवेश,सेवामाविशेष छुट योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले तीन वर्ष पुरा गरेको छ ।  २०७३ मा संञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले बिहीबार तीन वर्ष पुरा गरेको हो ।

संचालनमा आएको छोटो समयमानैंमर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफलमर्चेट बैंकरको रुपमाआफ्नो नाम स्थापित गर्न सफलभएको छ ।मर्चेण्ट बैंकिङ्गब्यवसायमातिब्र रुपमाप्रतिशपर्दा रहदा समेत एनआई सी एशिया क्यापिटल संचालनमाआएको तीनवर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफलभएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुखउपलब्धीहरु 
मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।

निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राहीखाता ।

लगानीव्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानीव्यवस्थापन सेवाप्रदानगर्दै आइरहेको ।

नेपालमै पहिलो पटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल।

सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।

शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयर धनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको ।

 म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवाप्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथखुलमुखी सामूहिकलगानीकोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपालधितोपत्रबोर्डमा दर्ता गरिएको ।

साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँग्राहकहरुलाई सेवाशुल्कमाविशेष छुट योजनाल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमाहितग्राहीखाताखोलिदिने तथापहिलो वर्षको खाता संचालनशुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ सालफागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानीव्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राहीखाताखोली शेयर कारोवार गर्नुहुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिकलगानी योजनामालगानीगनुभएको इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS)सेवालिइरहनु भएका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथानियमकनिकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथाआभार व्यक्त गर्न चाहान्छौं । साथै आगामीदिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखीउच्च कोटिको सेवाउपलब्ध गराउन सदैव कटिवद्ध रहने छौं ।