काठमाडौं– देशको एक मात्र गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धानविभाग)विधिवत रुपमा प्रधानमन्त्री कार्यालय मातहत गएको छ ।
यसअघि नै प्रधामन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याउने निर्णय गरेका थिए ।
सो निर्णयलाई नेपाल राजपत्रमा सुचना प्रकाशित गरेर औपचारीक रुपमा प्रधानमन्त्री कार्यालय मातहतमा ल्याईएको हो ।
फागुन २९ मा बसेको संसद वैठकले नेपाल विशेष सेवा,ऐन २०४२ संशोधन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफ्नो मातहत लैजाने निर्णय गरेपनि कानुनी अड्चनका कारण उक्त प्रक्रियामा ढिलाई भएको थियो ।
गुप्तचर संगठनसम्बन्धी व्यवस्था गरिएको ऐन र नेपाल विशेष सेवा ऐन २०४२ को दफा ४(१) मा सो विभाग गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था रहेको थियो । सोही दफामा संशोधन गरेर गृहमन्त्रालयअन्तर्गत भन्ने शब्दहरुको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राखिएको छ ।
त्यसैगरी ठाउं ठाउंमा रहेका क्षेत्रीय,अंचल र जिल्लास्तरिय भन्ने शब्दहरु समेत झिकिएका छन् । गुप्तचरका एक उच्च अधिकारीकाअनुसार चैत्र १ गतेबाट विभागले आफ्नो रिपोर्टि¨ प्रधानमन्त्री कार्यालयलाई गर्न सुरु गरिसकेको छ ।
प्रतिक्रिया