कश्मीर घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी कडा पारियो

कश्मीर घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी कडा पारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको हो ।

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।