मन्त्रीकै असहमतिबीच निजामती सेवा विधेयक पारित, काँग्रेसको फरक मत

मन्त्रीकै असहमतिबीच निजामती सेवा विधेयक पारित, काँग्रेसको फरक मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजामती सेवा विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार उक्त विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलेसमेत असहमति प्रकट गरेका छन् । उनले प्रदेशका मुख्य सचिवसँगै सचिव पनि संघबाटै पठाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

नेपाली कांग्रेसका सांसदहरुले यसमा फरक राखेका छन् । कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडू, देवेन्द्र राज कँडेल, डा. डिला संग्रौला र डा. अमरेश कुमार सिंहले फरक मत प्रस्तुत गरेका थिए । उनीहरुले विधेकमा भएका सात वटा बुँदा संशोधन गर्नुपर्ने बताएका छन् ।