हिरासतबाट रविको फोटो खिच्ने निकोलसलाई प्रहरीले कारवाही गर्ने

हिरासतबाट रविको फोटो खिच्ने निकोलसलाई प्रहरीले कारवाही गर्ने


काठमाण्डु– हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै फोटो प्रकाशित भएकोमा ध्यानाकर्षण भएको भन्दै भुसाललाई कारवाही गर्ने जनाएको हो ।

‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

रवि हिरासतमा सुतिरहेको फोटो डा। निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।

उनले भनेका छन् यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ भुसालले एक भिडियोमा भनेका छन्, ‘यसवापत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’ म रविदाईको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको हुँ । रवि दाईको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको हुँ। कुनै खराब नियतले भाइरल गराउँछु भन्ने सोचेर खिचेको होइन । उनले गल्ती महसुस गर्दै माफी समेत मागेका छन् ।