काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बमलाई रिहा गरिएको छ ।
आईतबार चितवनबाट पक्राउ परेका उनलाई आईतबारै रिहा गरिएको छ । बमलाई चितवनबाट पक्राउ गरेर मकवानपुर लगिएकोमा रिहा गरिएको छ ।
आईतबार साँझ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ पक्षबीच छलफलपछि बमलाई रिहा गरिएको छ । उनी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव रहेका छन् ।
रिहा भएका बमलाई राप्रपा कार्यकर्ताहरूले अविर लगाउँदै स्वागत गरेका छन् । यसअघि प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गर्नु अनुचित भएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया