काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जनको निधन भएको छ । भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आइरहेका रिञ्जनको उपचारका क्रममा निधन भएको डा. शेखरले जानकारी दिए ।
डा. कोइरालाले ७५ वर्षीय दाजुको निधनपछि आफू अभिभावकविहीन भएको बताएका छन् । उनको आजै अपरान्ह ४ बजे दिल्लीस्थित निगमबोध घाटमा अन्तिम संस्कार गरिनेछ ।
निरंकुश पंचायती शासनकाबिरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत थिए ।
प्रतिक्रिया