निर्वाचन आयोग अन्योलमाः निर्वाचन प्रभावित हुने आशंका

निर्वाचन आयोग अन्योलमाः निर्वाचन प्रभावित हुने आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश अनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो । अदालतको आधिकारिक पत्र शनिबार आयोगमा आइपुगेको थियो ।

 

 

 

महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । यसअघि अदालतको पत्र नआएको भन्दै दुवै निर्वाचनको मतपत्र एउटै पानामा छाप्ने तयारी आयोगले गरेको थियो ।

 

 

 

दुई मतपत्र छपाइसँगै मतपत्र बाकस, छाप लगाउने स्थान, मतदान अधिकृतको व्यवस्था के हुने भन्ने विषयमा भने आयोगले केही खुलाएको छैन । आयोगका प्रवक्ता नवराज ढकालले भने निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे ।

 

 

आयोगको कार्यतालिकाअनुसार कार्तिक १० बाट प्रतक्ष्यतर्फको मतपत्र छपाई शुरु गर्नुपर्ने थियो । तर अन्योलका कारण आयोगले मतपत्र छपाई शुरु गरेको थिएन । आजको नेपाल समाचापत्रमा खबर छ ।