निर्मला हत्या प्रकरणमा धनगढीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन पत्र

निर्मला हत्या प्रकरणमा धनगढीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन पत्र


कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तलाई न्यायको माग गर्द बुधबारपनि धनगढीमा प्रदर्शन गरिएको छ ।

१३ वर्षीय नाबालिकाको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्र्म याली निकालेर प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनीमा निर्मलाका बुबाआमा पनि सहभागी थिए । प्रदर्शन पनि संघर्ष समितिले मुख्यमन्त्रीको कार्यालय अगाडि केहि बेर धर्ना सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।