निर्मला हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

निर्मला हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन भएको हो।

पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रहरी अनुसन्धान निष्पक्ष नभएको र बास्तविक अपराधी पक्राउ नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ। बिहीबार महेन्द्रनगरमा तनाव हुँदा प्रहरीले गोली चलाएको थियो।

प्रहरीले बलात्कार र हत्या आरोपमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेपनि उनी वास्तविक हत्यारा नभएको मृतकका आफन्तको दाबी छ।