प्रदेश ७ को उपसभामुखमा निर्मला जोशी

प्रदेश ७ को उपसभामुखमा निर्मला जोशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेश नम्बर ७ कोउपसभामुखमा निर्मला वडाल जोशी निर्विरोध चयन भएकी छन्।

आइतबार बसेको प्रदेश संसदको बैठकले माओवादी केन्द्रकी सांसद जोशीलाई उपसभामुखमा चयन गरेको हो। उनलाई एमाले, माओवादी केन्द्रको वाम गठबन्धनले समर्थन गरेको थियो।

जोशीलाई सभामुख अर्जुनबहादुर थापाले निर्बाचित भएको घोषणा गरे।

जोशीलाई सांसद अक्कल रावलले प्रस्ताब र तारा लामातामाङले समर्थन गरेका थिए।

उपसभामुख जोशीले आइतबार नै पद तथा गोपनियताको सपथग्रहण गरेकी छन्।