नेकपाका प्रवक्ता श्रेष्ठले दिए निर्मला हत्याबारे प्रतिक्रिया

नेकपाका प्रवक्ता श्रेष्ठले दिए निर्मला हत्याबारे प्रतिक्रिया


विराटनगर – विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

नेता श्रेष्ठले भने, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न आवश्य भने अहिले आवश्य छ ।’ उनले नेकपाभित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनीति मौलाएको बताउँदै पार्टीलाई गुटरहित बनाउन आवश्य रहेको जोड दिए ।

‘हाम्रो पार्टी गुटबिहीन पार्टी हुन सकेको छैन, यो लुकाएर लुक्ने कुरा होइन, व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्य छ,पार्टीमा यस विषयमा गम्भीर छलफल जारी छ’, नेता श्रष्ठले भने ।

उनले पार्टीभित्र बैचारिक छलफल र अन्तरसंघर्ष बढाउन पनि आवश्य रहेको बताएका छन् । फरक प्रशंगमा प्रवक्ता श्रेष्ठले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई अहिलेसम्म पत्ता नलाउन नसक्नु दुःखद भएको बताए ।