निर्मला पन्त हत्या प्रकरणः आरोपी बमका दिदीबहिनी पक्राउ

निर्मला पन्त हत्या प्रकरणः आरोपी बमका दिदीबहिनी पक्राउ


कञ्चनपुर – भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ ।

शनिबार बिहान प्रहरीले रोशनी बम उनकी दिदी अनिता बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिप्रका कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार उनीहरुलाई शनिबार बिहान नियन्त्रणमा लिइएको र घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको छ।

सोधपुछपछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने डिएसपी ओझाले बताए। पन्त गत साउन १० गते पढ्न भनि बमको घर गएकी थिइन् र ११ गते बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।

अनिताको गतिविधि शंकास्पद रहेको भन्दै निर्मलाको परिवारले दिदीबहिनीलाई नै छानवीनको दायरामा ल्याउनुपर्ने बताउँदै आएको छ ।    अनितालाई छानवीनका क्रममा प्रहरीले यसअघिनै नियन्त्रणमा लिएको थियो । तर, पन्तको हत्यामा संलग्न नदेखिएको भन्दै प्रहरीले हिरासतमा राख्न अस्वीकार गरेको थियो ।